बकैया गाउँपालिकाको परिचय (मकवानपुर)

मकवानपुर । बकैया गाउँपालिका ३९३.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मकवानपुर जिल्लाको दक्षिण पूर्वि भागमा अवस्थित रहेको छ । यस गाउँपालिकाको केन्द्र बकैया–३, हात्तीसुँडेमा रहेकोे छ । यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका गा. वि. स. हरुलाई मिलाएर वनाइएको हो । यस गाउँपालिका अन्तरगत साविक गा. वि. स. हरुमा धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन छन् । भौगोलिक रुपमा विकट भएकोले आवश्यक पूर्वाधारको अवस्था कमजोर नै छ । शिक्षा, स्वास्थ्य, गरिवी तथा अन्य सुचकहरु कमजोर देखिन्छ । तामाङ्ग जातिको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ ।
यस गाउँपालिकामा १२ वटा वडाहरू रहेकाे छ । केन्द्र साविककाे छतिवन गा.वि.स हाे । समावेश भएका साविकका गा.वि.स.हरु धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन गा.वि.स. हुन् । पूर्व बागमती गाउँपालिका पश्चिम हेटौडा उ.म.न.पा. र मकवानपुरगढी गाउँपालिका उत्तर ललितपुर जिल्ला र भिमफेदी गाउँपालिका दक्षिण रौतहट र बारा जिल्ला रहेको गाउँपालिका भनेर बकैया गाउँपालिका लाई चिनिने गरिन्छ ।