भीमफेदी गाउँपालिकाको परिचय

पालिका संचारकर्मी
२९ माघ २०८१, मंगलवार १२:२६

मकवानपुर। भीमफेदी गाउँपालिका २४५.२७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्य भागमा अवस्थित छ। यस गाउँपालिकाको केन्द्र साविकको भीमफेदी रहेको छ। यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका गा.वि.स.हरु र १ गा.वि.स. का ३ वटा वडाहरुलाई मिलाएर बनाइएको हो। यस गाउँपालिका अन्तर्गतका साविक गा.वि.स. हरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, ईपापन्चकन्या, नामटार ९१,३,४० रहेका छन्। तामाङ्ग, मगर, क्षेत्री जातको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ। यस गाउँपालिकामा ९ वटा वडा रहेको छ। यस गाउँपालिकाको सिमानामा पूर्व तर्फ ललितपुर जिल्ला,पश्चिम तर्फ कैलाश गाउँपालिका र हेटौडा उपमहानगरपालिका, उत्तर तर्फ थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका र दक्षिण तर्फ हेटौडा उपमहानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिका रहेको छ।

जनगणना २०७८ अनुसार यस गाउपलिकाको जनसंख्या २१,५१६ जम्मा घरधुिर ५०८५ रहेका छन् र साक्षरता प्रतिशत ७५.३ रहेको छ। यस मध्य पुरुष साक्षरता प्रतिशत ८३.१ र महिला साक्षरता प्रतिशत ६७.६ रहेको देखिन्छ।