सानाठूला सबै भ्रष्टाचारीलाई लाई पक्राउ गर्नु अख्तियारको दायित्वः प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले अख्तियारले साना तथा ठुला दुवै खाले भ्रष्टाचारीलाई कारबाहिको दायरामा ल्याउनु अख्तियारको दायित्व भएको बताएका छन् । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ ।
सोहि अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा आयोजित ३४ औं स्थापना दिवस कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवकोटाले संस्थागत तथा ठुला भ्रष्टाचारीलाई हात हाल्न हिच्किचाउने आरोपलाई अख्तियारले गलत सावित गर्नुपर्ने बताएका हुन् ।
‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सानारसाना भ्रष्टाचारका मुद्दामा हात हालेर संख्यात्मक विवरण पेशगर्ने तर ठुला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हातहाल्न हिचकिचाउने भन्ने आरोपहरु पनि लागेको पाईन्छ। यी आरोपलाई गलत सावित गराउन साना–ठुला सबैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिन सक्नु पर्दछ।’ उनले भने ।
अख्तियारीलाई दुरूपयोग गरी देश, जनता र शुसासनको विरुद्ध नैतिकता र कानुन विपरित जाने जो कोहिलाई सुक्ष्म अनुसन्धान र निष्पक्ष कारवाही प्रकृयामा अघि बढाउन उनले आग्रह गरेका छन् । उनले अहिलेको युवा जगतमा कार्य सम्पादनमा हुने शुस्तताले निराशा छाएको बताएका छन् । ‘द्रुत रुपमा परिवर्तनकारी देशहरुको तुलनामा हाम्रा कदमहरु ढिला सुस्ती भएका हुन की रु हामिले गम्भिर भएर सोच्नु पर्दछ।’ उनले भने ।
भ्रष्टाचार बिरुद्धको कारबाहिको बिकल्प नभएको बताउदै उनले भ्रष्टाचार लाई रोक्न इमान्दारिता, पारदर्शिता र शुसासनका बिषय वस्तु विद्यालय र कलेजका पाठ्यक्रमा बृहतरुपमा समावेश गरिनु पर्ने बताएका छन् । अख्तियारी वा निर्णय गर्ने हैसियतका सम्पुर्ण व्यक्तिहरुलाई नियमित रुपमा सम्भावित भ्रष्टाचार रोक्न परामर्श अर्थात काउन्सिलिङ कक्षाहरु सञ्चालन गरिनुपर्ने उनको भनाई छ ।
प्रमुख देवकोटा भन्छन् ‘अब कुनैपनि निकायलाई अर्को पक्षलाई दोष थुपारेर ढिलासुस्ती गर्ने छुट हुने छैन। तिव्र गतिशिल विश्वको लय समाउन यहाँहरुले आफुलाई परिष्कृत गर्नुपर्नेछ।’ मुलुकको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग २०४७ साल माघ २८ गते पहिलो पटक गठन भएको हो ।
सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आयोगले आज आफ्नो स्थापना दिवस मनाउदैछ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक,प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।
कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेमा कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने अधिकार अख्तियारलाई छ ।

पालिका संचारकर्मी 






