मकवानपुरमा ग्यास बुलेट पल्टियो

पालिका संचारकर्मी
२८ माघ २०८१, सोमबार १०:४२

हेटौंडा । मकवानपुरमा ग्यास बुलेट पल्टिएको छ । गएराती मकमवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–१ त्रिखण्डी नजिक रातोमाटे स्थित त्रिभुवन राजपथ सडकखण्डमा हेटौडा बजार तर्फबाट भैसे तर्फ जादै गरेको नंबरको १२ चक्के ग्याश बुलेट सडकमा पल्टिएको हो ।

ग्यास लोड बुलेट गाडी सडकको दाहिने साईडको भित्तामा फसी बाटो अबरोध भएकोमा ग्यास बुलेट पल्टिएको स्थान नजिकबाट नयाँ बाटो बनाई एकतर्फी रुपमा आलोपालो गरि सवारी आवत जावतको ब्यबस्था मिलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।