८ जना सवार स्कार्पिओ गाडी पल्टिँदा ५ घाइते
काठमाण्डौं ।२२ माघ २०८१, मंगलवार स्याङजामा आठ जना सवार स्कार्पिओ गाडी दुर्घटनामा परेको छ।दुर्घटनामा पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। वालिङ नगरपालिका–१४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडक खण्डमा वालिङबाट सिरबानीतर्फ जाँदै गरेको ग.१ च. ८९१३ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए।
गाडी सडकबाट करिब ४ मिटर तल खरेर दुर्घटनामा परेको हो। घाइते पाँचजनाको प्राथामिक स्वाथ्य्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडीमा सवार तीनजना भने सकुसल छन्। दुर्घटनाको कारण खुलेको छैन।
दुर्घटनामा घाइते हुनेमा स्याङ्जाको वालिङ–१४ घर भएका ६३ वर्षीय उमापति डुम्रे, सोही ठाउँका ५२ वर्षीय भिमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वतको पैयुँ गाउँपालिका– ६ हुवासकी ३३ वर्षीया कुमाकला तिवारी र उनका छोरा ११ वर्षीय कमल तिवारी छन्। उनीहरु सबै खतरामुक्त रहेका प्रहरीको भनाई छ।

पालिका संचारकर्मी 






