काठमाडौं अदालतमा रवि लामिछानेबारे थुनछेक बहस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अदालतमा उपस्थित गराइएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा आइतबार नै बयान सकिए पनि थुनछेक बहसका लागि लामिछानेलाई प्रहरीले सोमबार काठमाडौं अदालतमा उपस्थित गराएको हो ।
लामिछानेलाई अदालत उपस्थित गराएसँगै थुनछेक बहस समेत सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको थियो ।
त्यससँगै उनलाई प्रहरी हिरासतमा राखिएको थियो । अहिले उनको थुनछेक बहस भइरहेको छ । उनलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले नाराबाजी गरिरहेका थिए । उनले प्रहरी हिरासतमा जानुअघि सबैलाई ‘स्यालुट’ गरेका थिए ।
प्रहरीले कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

पालिका संचारकर्मी 






