हेटौंडामा कारले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु

पालिका संचारकर्मी
९ पुष २०८१, मंगलवार १०:४१

हेटौंडा । सोमबार बेलुकी ०७ः०० बजे हेटौंडामा कारले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ तिरतिरे धारा स्थित हेटौडा– भैसे सडक खण्डमा भैसेबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०३–००२प ७२६७ नंबरको स्कुटरलाई हेटौडाबाट काठमाण्डौ जादै गरेको BR05BA 0006  नंबरको ईन्डियन कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौडा –१ चौकीटोल बस्ने ३५ वर्षिय युवराज लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कारको ठक्करबाट घाइते भएपछी हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा पछाडि सवार २५ वर्षीय बबिता लामा दुर्घटनामा घाइते भएकी छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक सापकोटाले बताए । उनको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कार र कार चालक, भारत बिहार राज्य मोतिहारी जिल्लाका २४ वर्षीय सुकर्ण प्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।