पीएल सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालय सानेपा लगियो

पालिका संचारकर्मी
१ पुष २०८१, सोमबार १३:०९

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको छ । आज बिहान निधन भएका ८७ वर्षीय सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेसम्म उनकै निवास चाक्सीबारीमा राखिएको थियो ।

सिंहलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू चाक्सीबारी पुगेका थिए। यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायतले पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका छन्। उनको आजै अन्त्येष्टि गरिनेछ ।