हेटौंडाको क्याम्पाडाँडाबाट एक महिला वेपत्ता

पालिका संचारकर्मी
२७ मंसिर २०८१, बिहीबार १३:२४

मकवानपुर । मकवानपुरको हेटौंडा–५ क्याम्पाडाँडाँबाट एक महिला वेपत्ता भएकि छन् । हेटौंडा–८ क्याम्पाडाँडाँ स्थायी घर भएकी ४८ वर्षिया लिला कुमारी तिमल्सिना (गोमा) मङ्गलबार देखि वेपत्ता भएकी श्रीमान भिमनाथ तिमल्सिनाले बताएका हुन् ।

मङ्सिर २५ गते राति ८ बजेको समयदेखि घरबाट निस्केकी उनी सम्पर्कमा नआएपछि परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहयोग मागेको उनले बताए ।

एकाएक वेपत्ता भएकी उनले घरबाट निस्कने बेला रातो कुर्ता सुरुवाल लगाएको र कोठे पछ्यौरा ओढेको परिवारले जानकारी दिएको छ ।प्रहरीको सहयोगमा उनको खोजि कार्य भइरहेको परिवारले बताएको छ ।