वन पैदावार उद्योग व्यवसायी संघमा : बस्नेत

पालिका संचारकर्मी
२३ मंसिर २०८१, आईतवार ११:१४

हेटौँडा । नेपाल वन पैदावार उद्योग व्यवसायी संघको शनिवार चौथौँ साधारण सभा तथा अधिवेशन सम्पन्र भएको छ । साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ । धर्मराज बस्नेतको सभाध्यक्षता भएको कार्यक्रममा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष धर्मराज बस्नेत, प्रथम उपाध्यक्ष भोजराज लामिछाने, द्वतिय उपाध्यक्ष अंजनीकुमार पराजुली, महासचिव ज्ञानेन्द्रराज ढुंगेल, सचिव नारायणकुमार लामा, कोषाध्यक्ष जीवन कार्की, सदस्यहरु कमल कोईराला, बिमल नेपाल, मान बहादुर क्षेत्री, यदुनाथ श्रेष्ठ, नुरोजकुमार पौडेल, अशोक राना, अशोक न्यासुर, आकाश पाख्रिन चयन भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेशराज रेग्मी, अतिथिहरु डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशी, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख सुरेश प्रसाद गुप्ता, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष रबिन्द्र वैदावार, उपाध्यक्ष बिरेन्द्र जिसी, कृष्ण कालाखेती, बिजयदास मानन्धर, गणेश कठायत, भोजराज लामिछाने, विष्णु अर्याल, नेपाल वन पैदावार उद्योग संघ काभ्रेका अध्यक्ष प्रेम लामा उपस्थिती रहेको थियो । प्रमुख अतिथि रुेग्मीले विदेशबाट आयात हुने काठ रोक्नुपर्ने र स्वदेशी काठलाई मात्रै प्रयोगमा ल्याउनुपर्ने र घर बनाउँदा नक्सा बनाउँने समयमा काठको झ्याल ढोका प्रयोग नगरी बनाउँदा नक्सा पास नहुने प्रावधान लगाएमा हाम्रो स्वदेशी काठले बजार पाउने बताउँनु भयो ।