सक्रिय महिला सहकारीमा पुनः श्रमिक लामाको नेतृत्व
हेटौंडा । इन्द्रसरोवर गाउँपालिका ४ नम्बर वडाको फाखेल स्थित सक्रिय महिला बचत तथा ऋण सहकारी सं।लि।को साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। आइतबार सहकारीको २४ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको हो।
अधिवेशननले पुनः श्रमिक लामाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। जसमा उपाध्यक्ष पदमा सानू कान्छी स्याङ्तान, सचीवमा मान कुमारी तामाङ, सहसचिवमा सिम्रण गुरुङ र कोषाध्यक्षमा सन्जु माया लामा लगायतको पदाधिकारी चयन भएका छन्। यस्तै, अधिवेशनबाट सदस्य पदमा क्रमशः शोभा कार्की, सर्मिला भ्लोन, सीता कार्की, दुर्गावती थोकर, निर्मला घलान र संगीता लामा चयन भएका हुन्।
अधिवेशनले पुनः विष्णु देवी कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति समेत चयन गरेको थियो। जसमा सदस्यमा रिता थिङ र नमिता दुतराज चयन भएका हुन्।
अधिवेशनमा अध्यक्ष लामा, कोषाध्यक्ष लामा र लेखा तथा सुपरिवेक्षण समिति संयोजक कार्कीले आ(आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। गत बर्ष भन्दा संस्थाको शेयर पुँजी, बचत, ऋण लगानी रकम, कुल आय, कुल व्यय, मुनाफा र कुल कारोबार वृद्धि भएको प्रस्तुत प्रतिवेदनले जनाएको छ।
यस्तै, अधिवेशनले विविध विधामा आफ्नो १५ जना शेयर सदस्यलाई सम्मान समेत गरेको थियो। जसमा रोजिना लामा, देवकी नगरकोटी, दिपक लामा, प्रनिसा थिङ, स्मृति भोम्जन, पद्माकुमारी घिसिङ, कालीदेवी मा.वि.स नं. २, चन्द्रमाया तामाङ, विमला भ्लोन, साहिली डिम्डुङ, प्रमिला डिम्डुङ, आशबहादुर भ्लोन, मिठ्देवी थापा कार्की, राममाया लामा र शारदा पाखिन लगायतका शेयर सदस्य सम्मानित भए।

मकवानपुर क्षेत्र नं। २ प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तोलाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, इन्द्रसरोवर ४ नम्बर वडा अध्यक्ष चन्द्र कुमार बल र ५ नम्बर वडा अध्यक्ष दुतराज तितुङ लगायतको उपस्थिति थियो। संस्थाकी अध्यक्ष लामाको सभाध्यक्षतामा अधिवेशन भयो।

पालिका संचारकर्मी 






