यस्तो रहनेछ आजको मौसम

पालिका संचारकर्मी
२१ आश्विन २०८१, सोमबार ११:११

हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदलीदेखी सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती कोशी प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।