लागुऔषध सहित राक्सिराङ्गका तितुङ्ग पक्राउ, अनुसन्धानका लागी १५ दिन म्याद थप

पालिका संचारकर्मी
१६ आश्विन २०८१, बुधबार १७:३५

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टबाट एक युवक पक्राउ परेका छन्। लागूऔषध ओनरेक्स ओसारपसार गरेको अभियोगमा मंगलबार मकवानपुरको राक्सिराङ-८ का ३४ वर्षीय शंकर तितुङ पक्राउ परेका हुन्।

प्रहरीले पुर्व पश्चिम लोकमार्ग सडकमा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना५ख ८१८१ नं. को यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा तितुङसँग लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए।

शंका लागी शरीर तथा झोला समेत रितपुर्वक खानतलासी गर्दा झोला भित्र लुकाई ल्याईएको अवस्थामा ओनरेक्स १०० एम.एल.को १५ बोतल फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तितुङलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुर हेटौंडाबाट लागू औषध कसुर मुद्धामा १५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ।