पहिरोले अवरुद्ध हेटौंडा काठमाडौं जोड्ने कुलेखानी फाखेल सडक खुल्यो
हेटौंडा । पहिरोले अवरुद्ध हेटौंडा काठमाडौं जोड्ने भिमफेदी कुलेखानी फाखेल काठमाण्डौ सडक खुलेको छ।
अबिरल बर्षाको कारण माथीबाट आएको पहिरोले शुक्रबार बिहान ईन्द्रशरोवर गाउँपालिका २ नम्बर वडाको सुकौरा स्थित भिमफेदी कुलेखानी फाखेल काठमाडौं सडक अवरुद्ध भएको थियो।
आज शुक्रबार बिहान ११:५८ बजे पहिरो पन्छाएर बाटो पुर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पालिका संचारकर्मी 






