पहिरोले हेटौंडा काठमाडौं जोड्ने दुई मुख्य सडक अवरुद्ध

पालिका संचारकर्मी
११ आश्विन २०८१, शुक्रबार ११:४१

हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने दुई मुख्य सडक पहिरोको कारण अवरुद्ध भएको छ। निरन्तर बर्षाका कारण सडक माथीबाट आएको पहिरोले मकवानपुरको बकैया-१२, घट्टेपाखा स्थित कान्तीलोकपथ र इन्द्रसरोवर-२, सुकौरा स्थित भिमफेदी कुलेखानी फाखेल काठमाण्डौ दुई सडक खण्ड अवरुद्ध भएको हो।

विहिबार (हिजो) बाट अबरुद्ध कान्तिलोकपथको पहिरो निरन्तर बर्षाको कारण यथावत रहेकोले सडक बिभाग र फास्ट ट्र्याक संग समन्वय गरी अवरोध हटाउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए।

त्यस्तै, शुक्रबार (आज) बिहानबाट अवरुद्ध भिमदेदी कुलेखानी फाखेल काठमाण्डौ सडक स्थानिय जनप्रतिनिधिसँग समन्वय गरी खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।