बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र सचिव वीच कार्य सम्पादन करार
हेटौडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र सचिव वीच कार्य सम्पादन करार सम्पन्न भएको छ । बागमती प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०८० अनुसार मन्त्रालयको कार्यक्षेत्र समेतका आधारमा आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमहरूको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउने उदेस्यले यो संझौता गरिएको हो । नतिजामूलक तथा नागरिक मैत्री बनाउन प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ र प्रदेश सुशासन नियमावली, २०७७ को नियम ९ को उपनियम (१) बमोजिम माननीय मन्त्री अमन कुमार मास्के र भौतिक पूर्वाधार विकास सचिव अमृत श्रेष्ठ बीच कार्य सम्पादन करार सम्पन्न भएको छ।
कार्य सम्पादन करारमा बिभीन्न शर्तहरु राखिएका छन्। यस करारको चालु आर्थिक वर्षको असार मसान्तसम्म रहनेछ। कार्यसम्पादनका लागि प्रचलित कानून, स्वीकृत वार्षिक बजेट, संरचना र जनशक्ति रहनेछ। वजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि आश्विन मसान्त सम्म तयार गर्नुपर्नेछ।
खरिद प्रकृया र बोलपत्रसम्बन्धी कार्य आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भएको अख्तियारी तथा मार्गदर्शन बमोजिम गर्नु पर्नेछ। यस करारमा उल्लेख भए देखि बाहेक नवप्रबर्द्धनात्मक र नियमित कार्यहरू समेत गर्न सकिनेछ।
कार्य सम्पादनको लागि आवश्यक सहजीकरण र अन्तरनिकाय समन्वयको लागि जिम्मेवारी दिने पदाधिकारीले सहजीकरण गर्नुपर्नेछ। यस करारको अवधि समाप्त नहुँदै कार्यसम्पादन गर्नेरगराउने सार्वजनिक पदाधिकारी आफू पदमा बहाल नरहेमा उक्त जिम्मेवारी प्राप्त गर्ने नयाँ पदाधिकारीले सम्पादन गर्नुपर्नेछ। बागमती प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०८० बमोजिम मन्त्रालयलाई तोकिएका कार्य जिम्मेवारीहरु तथा वार्षिकरुपमा नीति तथा कार्यक्रम र बजेट अन्तर्गत गर्नुपर्ने कामहरु मन्त्रालयले कार्ययोजना बनाई मातहतका पदाधिकारीहरुसँग सुशासन ऐन र नियमावली बमोजिम कार्य सम्पादन करार गरी कार्यान्वयन गर्नुपर्नेछ । प्रदेश सुशासन ऐन, २०७७ र नियमावली, २०७७ बमोजिमको प्रगति प्रतिवेदन नियमित रुपमा तोकिएको पदाधिकारीरकार्यालयमा पेश गर्नुपर्नेछ।

पालिका संचारकर्मी 






