हेटौंडा-काठमाडौं दक्षिणकाली सडक खण्ड खुल्यो

पालिका संचारकर्मी
९ आश्विन २०८१, बुधबार १०:२९

हेटौंडा । हेटौंडा-काठमाडौं दक्षिणकाली छैमले सिस्नेरी सडक खण्ड खुलेको छ। कालोपत्रे गर्नका लागि मंगलबार बन्द गरिएको सडक बुधबार खुलाइएको हो।

काठमाडौंको दक्षिणकाली नगरपालिकाले असोज ८ गते देखी १९ गते सम्म १२ दिन सडक बन्द हुने र आवस्यक सहजीकरणको लागि भन्दै सोमबार विभिन्न निकायलाई बोधार्थ दिएर सुचना सार्वजनिक गरेको थियो।

तर सवारी चापको कारण निर्माण कार्यमा कठिनाई भएकोले हाललाई निर्माण कार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार आवत-जावत गर्ने सवारी साधनहरुलाई कुनै किसिमको रोक-छेक नरहेको बताइएको छ।