थानाभर्याङ टोल विकासमा पुनः कप्रौला निर्वाचित
हेटौंडा । हेटौंडा ११ को थानाभर्याङ टोल विकास संस्थाको अध्यक्षमा पुनः बसन्त कप्रौला निर्वाचित भएका छन् । टोल विकास संस्थाको ११ औं साधारण सभाले कप्रौलालाई पुनः अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
यसै गरी संस्थाको उपाध्यक्षमा सरिता दाहाल, सचिवमा पवन पण्डीत, सहसचिवमा अम्बिका कंडेल, कोषाध्यक्षमा रामेश्वर नगरकोटी चयन भएका हुन् । यस्तै, सदस्य पदमा लक्ष्मीराज बानियाँ, गंगा कार्की, निरज गौतम, पर्वती खडका, बेलीकुमारी पाण्डे र सुस्मीता तामाङ श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
निर्वाचन समितिका संयोजक देवकुमार, श्रेष्ठ सदस्य यज्ञबहादुर आचार्य, इन्द्र लामाले निर्वाचन गराएका हुन । हेटौंडा उपमहानगरपालिका वडा नंं. ११ की अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका संघ संस्था तथा समुदाय परिचालन शाखा प्रमुख गंगा चौलागाई लगाएत को आतित्थ्यता रहेको थियो । साधारण सभा बसन्त कप्रौलाको सभाध्यक्षतामा सम्पन्न भयो ।


पालिका संचारकर्मी 






