त्रिशूलीमा खसेको ट्रक चालकको मोबाइल स्विचअफ

पालिका संचारकर्मी
३० भाद्र २०८१, आईतवार १२:१५

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको थाहा भएको छ । ट्रकमा २२ सय २५ काटुर्न तेल लोड गरिएको थियो ।

प्रहरीका अनुसार दुर्घटना शङ्कास्पद रहेकोले अनुसन्धान गर्नुपर्ने देखिएको छ । डीएसपी रिजाल भन्छन्, ‘घटना अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’