जबरजस्ती करणी गरेको अभियोगमा पौडेल पक्राउ

पालिका संचारकर्मी
२७ भाद्र २०८१, बिहीबार १७:१०

हेटौंडा । २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँका एक युवक पक्राउ परेका छन् । व्यास नगरपालिका–९ का कास्की पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।

पौडेलले ती महिलालाई काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित प्यासिफिक गेष्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार घटना बारै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।