मकवानपुरगढीमा खेतको आलिबाट लड्दा रुम्बाको मृत्यु
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ समरपुरमा एकजनाको खेतको आलिबाट लड्दा ज्यान गएको छ। आज बुधबार बिहान ०८:३० बजे बेसी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा खेतको आलिको बाटोबाट लड्दा १७ वर्षीय सिर बहादुर रुम्बाको ज्यान गएको हो।
मृतक रुम्बा स्थानीय सोमार सिंह रुम्बाका छोरा हुन्। हेटौंडा अस्पतालमा पोस्मार्टम पश्चात् शवलाई आफन्तले बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए। प्रहरीका अनुसार घटनाबारे आवस्यक अनुसन्धान भईरहेको छ।

पालिका संचारकर्मी 






