ट्रकले ठक्कर दिँदा सुवेदीको मृत्यु

पालिका संचारकर्मी
१७ भाद्र २०८१, सोमबार १३:०८

 हेटौंडा। हेटौंडाको नेवारपानी स्थित कोसिस पेट्रोल पम्प नजिक पुर्व पश्चिम सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार सिमेन्ट लिएर नवलपरासीबाट झापा जाँदै गरेको बा.प्र.०३-००१ ख २०८६ नं. को ट्रकले हेटौंडाबाट मनहरी जाँदै गरेको बा.प्र.०२-०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौडा-९ का २५ वर्षीय अभिषेक सुवेदीको मृत्यु भएको हो।

मोटरसाइकल चालक सुवेदीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार दाङको गडुवा गा.पा.२ का २३ वर्षीय ट्रक चालक चन्द्र प्रसाद चौधरीलाई नियन्त्रणमा लिइएको छ।