बागमती प्रदेशमा भाद्र ४ गते सार्वजनिक बिदा
हेटौंडा । बागमती प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभरि सार्वजनिक विदा दिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशले एक पत्र जारी गर्दै सार्वजनिक विदा दिने जानकारी दिएको हो। मन्त्रिपरिषद्को साउन ३२ गतेको बैठकबाट बागमती प्रदेशमा नेवार समुदायले ऐतिहासिक तथा धार्मिक रुपमा मनाइने गाईजात्रा पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।


पालिका संचारकर्मी 






