बागमतीको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त

पालिका संचारकर्मी
२ भाद्र २०८१, आईतवार १३:१७

हेटौंडा ।बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्। दोलखाको तामाकोशी गाउँपालिका–३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी दिए। २५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरेका थिए। नेपाल बार एसोसिएसनको सदस्य समेत रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेको अनुभव छ।