मकवानपुरको बकैया गाउँपालिकामा एमाले र माओवादीले लगाए ताला
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा ताला लगाइएको छ । शुक्रबार गाउँपालिकाको कार्यालयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले ताला लगाएका हुन् ।
गाउँपालिकाको अध्यक्ष धर्मराज लामिछानेले गरेको काममा चित्त नबुझेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एमालेले गाउँपालिकाको कार्यालयको मुल ढोकामा ताला लगाइएको गाउँपालिका उपाध्यक्ष खत्रीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष सहित ११ जना कार्यपालिका सदस्यले समेत ऐक्यवद्धता जनाएका छन् । अध्यक्ष लामिछानेले गरेका निर्णयहरु विवादास्पद् भएको भन्दै विरोध जनाएर ताला लगाइएको खत्रीको भनाइ छ ।
कर्मचारीको सरुवारबढुवा, पालिकाको बिषयमा एकलौटी निर्णय गरिएको तथा गाउँपालिकाको कार्यालयमा राजनीति हाबी भएको भन्दै ताला लगाउन बाध्य भएको उपाध्यक्ष खत्रीले बताए ।

पालिका संचारकर्मी 






