कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायीले बन्द गरे व्यसाय, साँचो नगरपालिकालाई बुझाइने

पालिका संचारकर्मी
३२ श्रावण २०८१, शुक्रबार १०:३५

हेटौंडा । कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर उपमहानगरपालिकालाई साँचो बुझाएका छन् । कर वृद्धिविरूद्दको आन्दोलनमा रहेका व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गरेरआन्दोलनमा उत्रिएका हुन्। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनमा सहभागी व्यवसायीहरूले आज पनि उपमहानगरपालिकामा धर्ना दिएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलनमा छन् ।

असार ७ मा भएको उपमहानगरको १५औं नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को लागि घरबहालकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बृद्धि गरेको हो ।