करवृद्धिको विरोध गर्दै हेटौंडा उपमहानगरपालिकामा मैनबत्ती बालेर व्यवसायीको धर्ना
हेटौंडा । राजश्ववृद्धिको विषयमा विरोध जनाउँदै आएका आज बिहिबार मैनबत्ती बालेर स्थानीय सरकारको खोजी गरेका छन्। हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा व्यवसायीले मैनबत्ती बालेर धर्ना दिएका हुन् । उनीहरुले करको नयाँ दर खारेज गर्न, व्यवसायीलाई राहत र सहयोगका कार्यक्रम घोषणा गर्न, उपभोक्ता समितिमार्फत काम गर्ने क्रमलाई रोक्न, स्थानीय सरकारको आयव्यय विवरण सार्वजनिक गर्न माग गर्दै नारा लगाएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको समन्वय र सहजीकरणमा विभिन्न व्यावसायिक संघ, संस्थाले सामूहिक रुपमा हेटौँडा उपमहानगरपालिकाले बढाएको करको विरोध गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाले गत असार ७ गते नगरसभाबाट पारित गरेको नीति, कार्यक्रम तथा बजेटअन्तर्गत करको दरमा अस्वभाविक र उच्च दरमा वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । हेटौँडा उपमहानगरपालिकाले २६३ प्रतिशतसम्म राजश्वको दर वृद्धि गरेको, नयाँ शीर्षकमा पनि उच्च दर कायम गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

पालिका संचारकर्मी 






