मकवानपुरमा अरिँगालले टोकेर एकजनाको मृत्यु
हेटौंडा । मकवानपुरमा अरिँगालले टोकेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ५ छापडाँडाका ३२ वर्षीय सुमन गोले रहेका छन् । उनको बिहीबार बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरदेखि १ किलोमिटर दक्षिणमा रहेको छिमेकीको बारीमा काम गर्ने क्रममा बुधबार उनलाई अरिँगालले टोकेर घाइते बनाएको थियो ।
घाइते गोलेलाई उपचारका लागि काठमाडौंको फर्फिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पालिका संचारकर्मी 






