सम्भाव्यता अध्ययन गरेर मात्रै उद्योग सञ्चालन गर्न मन्त्री तामाङको निर्देशन

पालिका संचारकर्मी
२८ श्रावण २०८१, सोमबार १४:०५

हेटौंडा। बागमती प्रदेशका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङ्ले आवश्यकता हेरेर उद्योग सञ्चालन गर्न गाउँपालिका महासंघ बागमती प्रदेशलाई निर्देशन दिएकी छन् । सोमबार गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिसँग भएको छलफललाई सम्बोधन गर्दै मन्त्री तामाङ्ले उद्योग सञ्चालन गर्दा सम्भाव्यता अध्ययन गरेर मात्रै सञ्चालन गर्न निदेर्शन दिएकी हुन् । मन्त्री तामाङ्ले आफु उद्योग मन्त्रीमा नियुक्त भईसकेपछि ‘एक पालिका, एक उद्योग’ भन्ने कार्याक्रमलाई अगाडि सारेको बताउँदै प्रदेशभरी उद्योग बढाउने र उद्यमी बनाउने आफ्नो उदेश्य रहेको बताईन् । ‘स्थानीयस्तरमा उद्योग सञ्चालन गर्दा भुगो , आवश्यकता र सम्भाव्यता अध्यन गरेर मात्रै उद्योग सञ्चालन गर्नुपर्छ । मन्त्री तामाङ्ले भनिन् ,’ ‘ स्थानीय स्रोत साधन पर्याप्त छ छैन , उद्योग सञ्चालन गर्दा युवा र महिलाहरुलाई रोजगारी दिनेगरी उद्योग सञ्चालन गर्नुपर्छ ।

मन्त्री तामाङ्ले भोटको राजनीति नगरी समाज परिवर्तनका लागि काम गर्न समेत जनप्रतिनिधिलाई सुझाव दिदै नीतिगत सुधारका लागि स्थानीय सरकारकासँग समन्वय गरेर जाने प्रतिवद्धता जनाईन् । छलफलकम गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष कर्ण बहादुर मगरले न्यायोचित ढंगले विकास निर्माणका कार्यहरु वितरण गर्न माग गरेका छन् । उनले मन्त्रालयबाट हुने कामहरु अभिभावक बनेर सहयोग गर्दै नीतिगत सुधारका लागि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा महासंघ बागमती प्रदेश कार्यसमिति उपाध्यक्ष दिछ्यान शेर्पा , सह–सचिव मान कुमारी पाख्रीन , कोषाध्यक्ष शंकरराज बराल र सदस्यहरु कृष्ण मान लामा , देबिका थामी , सबिता अर्याल , राम सिंह तामाङ् लगायतको सहभागिता रहेको थियो ।