नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, प्रहरी पुग्दै
काठमाडौं– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ।दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि अहिले प्रहरी त्यहाँ पुग्दैछ ।
विस्तृत विवरण आउँदै‘

पालिका संचारकर्मी 






