हेटौँडामा भेस्पा-एप्रिला स्कुटरको नयाँ सोरुम

पालिका संचारकर्मी
१७ श्रावण २०८१, बिहीबार १६:३४

हेटौंडा । नेपालका लागि भेस्पा-एप्रिला स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बिहीवारबाट हेटौंडा उपमहानगरपालिकामा नयाँ शोरुम  सञ्चालनमा ल्याएको छ । हेटौंडा क्षेत्रमा बढ्दै गएको भेस्पा\एप्रिला स्कुटरको माग र देशभर सेल्स, सर्भिस र स्पेयर्स पार्टस उपलब्ध गराउने उद्देश्यले नयाँ डिलरशीप  जोशी अटोमोबाइल्स सुरु गरिएको कम्पनीले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाले सोरुम उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै प्रमुख लामाले व्यवसायको सफलताको शुभकामना व्यक्त गरिन् । बजारमा स्कुटरको माग प्रयोग बढ्दोले महिलाहरुले सवारी साधन प्रयोगमा समेत वृद्धि भइरहेको बताइन् ।

जोशी अटो मोबाइल्सको नयाँ शाखाबाट ग्राहकले विश्वास्तरीय भेस्पा\एप्रिला स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज र फाइनान्स सुविधा समेत रहेको जोशी अटो मोबाइल्सका निर्देशक नीता श्रेष्ठले बताइन् । नयाँ सोरूमबाट ग्राहकले सजिलै भेस्पा\एप्रिला स्कुटर खरिद गर्नुको साथै सर्भिस र स्पेयर पार्टसहरु सजिलै सेवा प्रदान गरिने निर्देशक श्रेष्ठले बताइन् ।  ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधाप्रदान गर्न हामी प्रतिवद्ध छौं, श्रेष्ठले भनिन् ।

उद्घाटन अन्तर्गत यो हप्ता हेटौंडा शोरुमबाट ग्राहक एवम् उपभोक्ताहरूले भेस्पा\एप्रिला खरिद तथा एक्सचेन्ज गर्दा उपभोक्ताहरूले रु. दश हजार नगद छुटका साथै भेस्पा-एप्रिला  ब्रान्डेड हेल्मेट र कीरिङ्ग प्राप्त गर्नेछन् जनाइएको छ ।