मीनभवन कलेजका प्राध्यापकको हत्या आरोपमा रञ्जन १७ वर्षपछि पक्राउ

पालिका संचारकर्मी
१६ श्रावण २०८१, बुधबार १४:४५

काठमाडौं– मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रन्जन खड्का छन् । खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । प्राध्यापक विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो । सविता अधिकारी नाम गरेकी महिलालाई जिस्काएको निहुँमा विष्टमाथि सांघातिक आक्रमण भएको थियो ।

उक्त घटनामा यसअघि नै विनोद थापा र सवितालाई पक्राउ गरेको थियो । विनोद ०६९ सालमा पक्राउ परेका थिए भने सविता गत चैतमा पक्राउ परेकी थिइन्।
विनोद १० वर्ष जेल बसेर २०७९ सालमा छुटेका थिए ।

हाल पक्राउ परेका रन्जन, विनोदका मामाका छोरा हुन् ।