बागमतीका मुख्यमन्त्री लामालाई माओवादी र एसले विश्वासको मत नदिने
हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुर सिं लामालाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत नदिने भएको छ। सदनमा दलको तर्फबाट धारणा गर्दै माओवादी केन्द्रका सांसद युवराज दुलालले विश्वासको मत नदिने बताएका हुन्। एमाले –कांग्रेसको गठबन्धनले सरकारको औचित्व पुष्टि गर्न नसक्ने भन्दै विश्वासको मत नदिने पूर्व मन्त्री समेत रहेका दुललाले बताए। यता, नेकपा एसका बागमती संसदीय दलका नेता कृष्ण प्रसाद खनालले सरकार विस्तारका बेला नसम्झिएको गुनासो गर्दै विश्वासको मत नदिने बताएका हुन्।
बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाले आज सदनबाट विश्वासको मत लिदैंछन्।

पालिका संचारकर्मी 






