काठमाडौंमा जुवाखालबाट १० लाख नगदसहित ९ जना पक्राउ
काठमाडौं। काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका–४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ।

पालिका संचारकर्मी 






