२४ जना सवार स्कुल बस पल्टियो, केही गम्भीर घाइते
हेटौंडा । पोखरामा एउटा स्कूल बस दुर्घटनामा परेको छ । सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कूलको बस पोखरा १७,फुस्रेखोलानेर दुर्घटना भएको वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अहिले प्रहरी र स्थानीयले विद्यार्थीहरुको उद्दार गरिरहेका छन् । घाइतेलाई अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । बसमा चालक र सहचालक गरी २४ जना सवार रहेको र तीमध्ये केही गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

पालिका संचारकर्मी 






