हेटौंडामा श्रीमतीको हत्या गरि श्रीमानले गरे आत्महत्या
हेटौंडा । हेटौंडामा श्रीमानले आफ्नी श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् । बुधबार हेटौंडा ५ चिसापानीमा ६२ बर्षीय केशव भण्डारीले श्रीमती ५६ बर्षीय अम्बिका भण्डारीको हत्या गरि आत्महत्या गरेका हुन् । धारिलो घरेलु हतियारले श्रीमतिको हत्या गरि झुन्डिएर आत्महत्या गरेको मकवानपुर निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताए।

पालिका संचारकर्मी 






