मुख्यमन्त्री लामा सहित १३ मन्त्रिले गरे सपत ग्रहण

पालिका संचारकर्मी
९ श्रावण २०८१, बुधबार १३:१०

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा सहित १३ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बुधबार (आज) प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

१३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालय सहित ७ र भौतिक पूर्वाधार विकास मन्त्रालय सहित एमालेको भागमा ६ वटा मन्त्रालय परेको छ । जसअनुसार एमालेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा शुकमाया तामाङ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अमन कुमार मास्के, वन तथा वातावरण मन्त्रालयमा कृष्ण सिलवाल र श्रम रोजगार तथा यातायात मन्त्रालयमा प्रेमभक्त महर्जनले पद तथा गोपनियताको शपथ लिएका छन्। यस्तै कांग्रेसका मुख्यमन्त्री लामा सहित तीन मन्त्री र एमालेका ६ मन्त्रीहरुले सपथ खाएका हुन् । काङ्ग्रेसबाट विना विभागीय जिम्मेवारी कुन्दन राज काफ्ले, श्याम बहादुर खड्का र मधूकुमार श्रेष्ठले बिना विभागीय मन्त्रीको सपथ खाएका हुन् । काङ्ग्रेसले ३ मन्त्रीको नाम भने टुंगो लगाउन सकेन।