बागमतीको नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको सपथ आज

पालिका संचारकर्मी
९ श्रावण २०८१, बुधबार १०:१२

हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा सहित अन्य १३ मन्त्रीको शपथ ग्रहण बुधबार (आज) हुँदैछ । मङ्गलबार मुख्यमन्त्रीमा नियुक्ति भएका लामाको शपथ आज हुन लागेको हो यससँगै एमालेका मन्त्री र कांग्रेसका मन्त्रीहरू गरी १३ सदस्य मन्त्रिपरिषद समेत आजै गठन हुने बताइएको छ ।

जसका लागि एमालेको भागमा परेको ६ वटा मन्त्रालय र मन्त्री मङ्गलबार नै टुङ्ग्याइसकेको छ । एमालेले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा शुकमाया तामाङ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अमन कुमार मास्के, वन तथा वातावरण मन्त्रालयमा कृष्ण सिलवाल र श्रम रोजगार तथा यातायात मन्त्रालयमा प्रेमभक्त महर्जनको नाम र विभागीय जिम्मेवारी तोकिएको छ ।१३ सदस्य मन्त्रिपरिषदमा नेकपा एमालेको भागमा छ र नेपाली कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालय सहित सातवटा मन्त्रालय परेको छ । काङ्ग्रेसले भने मङ्गलबार मध्यरातमा आफ्ना मन्त्रीहरूको नाम टुङ्गो लगाए पनि हालसम्म नाम सार्वजनिक गरेको छैन