बाग्मतीमा एमालेका ६ मन्त्रीको नाम फाइनल

पालिका संचारकर्मी
८ श्रावण २०८१, मंगलवार १२:३८

हेटौंडा । एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाडौँ), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुलींं), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाडौँ) को नाम टुङ्ग्याएको हो । उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ । कांग्रेस र एमालेबिच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमध्ये कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ । प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।