त्रिशूलीमा बगाएको बसको थप दुईवटा शव फेला

पालिका संचारकर्मी
३१ असार २०८१, आईतवार १२:१४

हेटौंडा ।गत शुक्रबार बिहान नारयणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएको दुईवटा बसका यात्रुमध्ये थप दुईजनाको शव फेला परेको छ। आइतबार बिहान दुईजनाको शव बालुवामा आधा गाडिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।नवलपुरको गौंडाकोट नगरपालिका ७ गैरी स्थित नारायणी नदिमा एकजनाको शव फेला परेको हो भने अर्को शज चितवनको भरतपुर महानगरपालिका २८ स्थित नारायणी नदिको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता ढिएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार दुवै शव पुरुष व्यक्तिको हो। दुवै शव बसमा सवार यात्रु हुनसक्ने आंकलन गरिएको उनको भनाइ छ। शवको सनाखत गर्नका लागि आफन्तहरु बोलाइएको डिएसपी रिजालले बताए। यो सहित हराएको दुईवटा बसमा सवार ५ जना यात्रुको शव फेला परेको प्रहरीले जनाएको छ। ५ शवमध्ये यसअघि नै तीनजनाको परिचय खुलेको छ। जसमा माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको रहेका छन्। काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।