हैटौंडामा खोलामा बगेर एक बालिकाको मृत्यु

पालिका संचारकर्मी
२८ असार २०८१, बिहीबार १५:३५

हैटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १८ मा बरौलीखोलामा बगेर एक बालिकाको मृत्यु भएको छ ।

बुधबार साँझ किनारामा बसेकी उनी खोलामा खसेर बगेकी थिइन् । खोलाले बगाउँदा धनबहादुर बलकी १० वर्षकी छोरी रसमती बल बेपत्ता भएकी थिइन् ।
बेपत्ता भएपछि प्रहरी चौकी ठूलोदमारबाट खटिएको टोलीले करिब ५०० मिटर तल उनको शव फेला पारेको थियो ।