मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

पालिका संचारकर्मी
२६ असार २०८१, मंगलवार १२:५७

विराटनगर– मोरङ र सुनसरीमा भारी वर्षा भएको छ । गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो । भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले अझ धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ ।सडक जलमग्न भएपछि सवारी साधन सञ्चालनमा सकस भएको छ । दुईपाङ्ग्रे सवारी साधन मोटर साइकल, स्कुटी लगायतका सवारी साधन चलाउन समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।