राष्ट्रियसभा बैठक सुचारुका लागि कार्यव्यवस्था बैठक

पालिका संचारकर्मी
१३ जेष्ठ २०८१, आईतवार १२:१४

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुचारु गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालतको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभा बैठक सहज रुपमा अघि बढाउनका लागि पहल भइरहेको छ ।अध्यक्ष दाहालले विभिन्न दलका सचेतक तथा प्रमुख सचेतक लगायतसँग छलफल गरिरहेको दाहालका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिएका छन् ।गृहमन्त्रीमाथि संसदीय छानविन समितिको माग गर्दै राष्ट्रियसभा बैठकमा पनि कांग्रेसले अवरोध गर्दै आएको छ । आज बिहान साढे ११ बजेका लागि बैठक बोलाइएपनि अझै सुरु हुन सकेको छैन ।