धनुषाको क्रसर उद्योगमा एकजनाको शव भेटियो, अर्का एकजना घाइते

पालिका संचारकर्मी
१० जेष्ठ २०८१, बिहीबार ११:४८

 जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो ।

मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।
मृतकका मामा खुसीलाल यादवले घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*