शाहले लिए मन्त्रीको शपथ

पालिका संचारकर्मी
९ जेष्ठ २०८१, बुधबार १६:२४

सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिएका छन् । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका थिए ।अहिले कँडेलले पुनः शाहीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिए ।