काभ्रेको महाभारतमा दम्पती मृत फेला, हत्याको आशङ्का
काठमाडौँ । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा दम्पती मृत अवस्थामा भेटिएका छन्।६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।उनीहरूको हत्या भएको आशङ्कामा तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए।

पालिका संचारकर्मी 






