बेगमबेलीले सिंगारिएको काठमाडौं शहर (तस्वीरहरू)

पालिका संचारकर्मी
३० चैत्र २०८०, शुक्रबार १५:४९

काठमाडौं । यतिबेला काठमाडौं शहरका कतिपय ठाउँ रंगविरंगी फूलले ढकमक्क छ । सडक छेउ, पर्खाल, खोला किनारलाई बेगमबेलीले रहरलाग्दो बनाएको छ । त्यसैले त भिडियो बनाउनेदेखि फोटो खिच्नेहरुलाई यी मनमोहक दृश्यले लोभ्याएको छ । यी मनोहर दृश्यहरू काठमाडौंको अनामनगर, भद्रकाली, सर्वोच्च अदालतको पर्खाल, धोबी खोला वरिपरि देख्न पाइन्छ । पर्खाल र खोलामा ढकमक्क फूलेका बेगमबेलीका यी फूलहरूले शहरको सौन्दर्य बढाइदिएको छ ।