कांग्रेसले अडान लिएपछि सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए । ‘राजनीतिक पूर्वाग्रहमा आधारित छानविन समिति बन्न सक्दैन । त्यो जायज छैन । तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ,’ बर्तौलाले भने,‘कांग्रेसलाई पुर्नविचार गरेर आउन भनेका छौं । संसदीय छानविन समिति बन्न सक्दैन ।’ संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले बताए । छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले फेरि बस्ने कुरा भएको बताए । ‘फेरि बस्ने कुरा भएको छ । केही भएको छैन,’ लामिछानेले भने ।

पालिका संचारकर्मी 






