बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ

पालिका संचारकर्मी
२३ फाल्गुन २०८०, बुधबार १२:२३

काठमाडौँ । बालुवाटारबाट प्रहरीले १३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो ।

बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।