भजनशिरोमणि भक्तराजलाई अन्तिम श्रद्धाञ्जली (तस्वीरहरू)
काठमाडौं । भजनशिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
मंगलबार प्रज्ञा प्रतिष्ठान, कमलादी पुगेर भजन शिरोमणि आचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको हो । कलाकार, राजनीतिज्ञ, समाजसेवीहरू लगायतले आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पनि स्वर्गीय आचार्यप्रति अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
वरिष्ठ गायक तथा संगीतकार आचार्यको ८१ वर्षको उमेरमा सोमबार अपराह्न निधन भएको थियो । आचार्यको पार्थिव शरीरको मंगलबार पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत गीतमा आवाज दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि सांगीतिक क्षेत्रमै क्रियाशील छन् ।


पालिका संचारकर्मी 






